चितवन विशेष

पार्टी प्रवेश गरेको भन्दै काँग्रेस कार्यकर्ता परियारमाथि कुटपिट

Banner

चितवन मंसिर १०

मङ्सिर १४ गते हुने उप निर्वाचनको तयारीका क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरुले काँग्रेसका कार्यकताहरुमाथि कुटपिट गरेका छन् ।

खैरहनी नगरपालिका वडा नम्वर ४ चैनपुरमा गएराति नेकपाका दिपक मगर सहितका कार्यकताहरुले ४५ वर्षिय टेक वहादुर परियारलाई कुटपिट गरेको नेपाली काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठले जानकारी दिए।

निर्वाचनको दौडानमा केहि दिन अघि काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा परियार सहित सयँैंको संख्यामा नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गरेका थिए । निर्वाचनको मुखमा काँग्रेस प्रवेश गरेर नेकपालाई कमजोर वनाउन खोजेको भन्दै आँफुमाथि कुटपिट गरिएको परियाले आरोप लगाएका छन् ।

कुटपिटबाट घाईते परियारको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनका क्रममा नेपाली काँग्रेसले जित हाँसिल गरेको सो वडामा पुनः काँग्रेकै जित हुने देखेपछि नेकपाका नेता तथा कार्यकर्ता अतालिएर आक्रमणमा उत्रिएको काँग्रेस सभापति श्रेष्ठले वताए । घाईते परियारको अवस्था गम्भिर रहेको श्रेष्ठले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>