चितवन विशेष

एक्सपर्ट ‘पब्लिक स्पिकिङ च्याम्प–२’ भदौं ३ बाट

Banner

चितवन, साउन २८–

विगतको वर्ष जस्तै यस वर्ष पनि चितवनमा ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ हुने भएको छ ।

भरतपुरमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा सो कार्यक्रमबारे जानकारी दिइएको हो । विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजना र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस नारायणगढको मुख्य प्रायोजनामा कार्यक्रम सञ्चालन हुन लागेको हो । यस्तै प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको छ । च्याम्पमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरुले भाग लिन सक्ने आयोजकका प्रवन्धक विमोचन आचार्यले जानकारी दिए । च्याम्पको अडिसन यही भदौं ३ गतेदेखि सुरु हुँदै छ । चितवनको मुग्लिन, पर्सा, टाँडी, दिव्यनगर, भरतपुर, माडी, नवलपुरको कावासोती र गैंडाकोट गरी ८ स्थानमा अडिसन गरिने आयोजकले जानकारी दिएको छ ।

भदौ ३ देखि सुरु हुने अडिसनको पहिलो दिनमा ग्रिनफिल्ड इङ्लिस स्कुल दारेचोक मुग्लिनमा हुने जनाइएको छ । भदौ १० गते पर्सामा, भदौ १३ गते कावासोतीको सिद्धार्थ इङ्लिस स्कुलमा हुने भएको छ ।

त्यस्तै भदौ २० मा न्यू क्यापिटल कलेज टाँडी रत्ननगर, भदौ २५ नेपाल आर्दश उच्च मावि दिव्यनगर, भदौ २७ गैँडाकोटको जनक उच्च मावि, भदौ २८ भरतपुरमा र भदौ ३१ गते माडी क्याम्पसमा अडिसन हुने प्रवन्धक आचार्यले जानकारी दिए ।

विभिन्न आठ स्थानबाट अडिसनमा छनोट भएका प्रतियोगीलाई तालिम प्रदान गर्दै विभिन्न चरण हुँदै फाइनलमा लगिने जानकारी आचार्यले जानकारी दिए । छनोट प्रतियोगीहरुलाई असोज २७, २८, २९ र ३० गते तालिम दिइने बताइएको छ । दोस्रो चरणको प्रतियोगिता कात्तिक १ गते र फाइनल मंसिर १३ गते हुने बताइएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार मेडल ट्रफी र प्रमाणपत्र वितरण गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रायोजक संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस चितवनका बजार व्यवस्थापक अच्युत चालिसेले विद्यार्थीको कलामा निखार ल्याउने प्रतियोगिता भएकोले यस कार्यक्रमलाई प्राथमिकता दिइएको बताए । उनले पहिलो संस्करणमा पनि एक्सपर्टले साथ दिएको भन्दै यस किसिमका कार्यक्रमहरुलाई सदैव सहयोग गर्ने बताए ।

यस्तै सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रवन्ध निर्देशक यज्ञविलास (वाईबी) पौडेलले विद्यार्थीको क्षमता निखारका लागि यस किसिमका कार्यक्रम जरुरी रहेको बताए । उनले विद्यालयस्तरबाटै यस्ता किसिमका कार्यक्रम हुँदै गए नेपाली विद्यार्थीलाई अघि बढ्न सहयोग पुग्ने बताए । उनले पहिलो पटक यस कार्यक्रमसंग जोडिएको भन्दै आगामि दिनमा पनि सहयोग गर्ने बताए ।

यस प्रतियोगिताको आधिकारिक अनलाईन पार्टनमा नारायणी अनलाईन डटकम रहेको छ । प्रतियोगिताको पहिलो संस्करणमा अरोमा कलेजका चिन्तामणि सुवेदी प्रथम, वाल्मीकि शिक्षा सदनकी साधना पौडेल द्धितीय र न्यू क्यापिटल कलेजकी ज्योति शर्मा तृतीय भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>