चितवन विशेष

चितवन सिमेन्ट उद्योग कारवाहीमा, इजाजत नै रद्द

Banner

चितवन, साउन २२–

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरबमोजिम सिमेन्ट उत्पादन नगर्ने चितवन सिमेन्ट उद्योग प्रालि नवलपरासीसहित चार उद्योगलाई कारवाही गरेको छ ।

विभागको बुधबार बसेको बैठकले चितवन सिमेन्ट उद्योग प्रालि नवलपरासी, नेपाल अल्ट्राटेक सिमेन्ट उद्योग मोरङ, जानकी सिमेन्ट उद्योग प्रालि सुनसरी र नेपाल अम्बुजा सिमेन्ट उद्योग प्रालि भैरहवालाई कारवाही गरेकोे हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले चारवटै सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्ट नेपाल गुणस्तरअनुरुप नरहेकाले कारवाही गरेको जानकारी दिए । कारवाही गरिएकामध्ये नेपाल अल्ट्राटेक सिमेन्ट बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको, चितवन सिमेन्टको इजाजतपत्र रद्द, नेपाल अम्बुजा सिमेन्टको इजाजतपत्र स्थगन र जानकी सिमेन्टको बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>