बलिउड/हलिउड

अक्षय कुमारको ‘केसरी’ ले २० दिनमा कति कमाइ गर्‍यो ?

Banner

मुम्बई – भारतीय अभिनेताअक्षय कुमारको फिल्म ‘केसरी’ ले बक्स अफिसमा कमालको व्यापार गरेको छ । फिल्मले अहिलेसम्म पनि सिनेमा घरमा राम्रो व्यापार गरिरहेको छ ।

रिलिजको २० दिनमा फिल्मले १ सय ४५ करोड कमाएको बक्स अफिसको रिपोर्ट उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन् । यो फिल्मले पहिलो हप्ता नै १ सय करोडभन्दा बढी कमाएको थियो । २० दिनमा आइपुग्दा १ सय ४५ करोड कमाएको हो ।

फिल्म पण्डितहरुले ‘केसरी’ ले तीन हप्ता पूरा हुँदा १५० करोड कमाउने आँकलन गरेका छन् । यो फिल्मले पहिलो हप्ता १ सय ५ करोड र दोस्रो हप्ता ३० करोडको व्यापार गरेको थियो ।

यो फिल्म भारतमा र विदेशमा समेत गरी ४ हजार २ सय पर्दामा रिलिज भएको थियो । फिल्मले वर्ष २०१९ मा सबैभन्दा ठूलो ओपनिङ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>