देश/प्रदेश
धादिङका टेकबहादुर शव पोर्चुगलको समुद्रमा फेला
०

पोर्चुगल, वैशाख ६-
समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । समुद्रमा बेपत्ता भएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव दुई सातापछि समुद्री किनारमा भेटिएको हो ।
दुई साता अघि मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको थियो । सोही स्थानका टेकबहादुर तामाङ पनि बेपत्ता भएका हुन्। बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो ।