भिडियो

प्रमोद खरेलले गाए पहिलो थारु भाषाको गीत, ‘अइना जइना’ सार्वजनिक (भिडियो)

Banner

चितवन, वैशाख ६–

चर्चित गायक प्रमोद खरेलको स्वरमा थारु भाषाको गीत ‘जइना…’ सार्वजनिक भएको छ ।

राष्ट्रिय थारु कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्य चौधरीको शब्द, संगीतमा चर्चित गायकखरेलको सुमधुर स्वर रहेको पहिलो थारु गीत ‘अइना जइना डगरमे’ सार्वजनिक गरिएको हो । नयाँ वर्ष २०८१ को अवसरमा सेविल इन्टरटेनमेण्टको युट्युव च्यानलमार्फत भिडियो गीत सार्वजनिक गरिएको हो । गीतलाई केशव बडुले एरेञ्ज गरेका छन् ।

यस्तै भिडियोमा कलाकारहरु नवनित प्रिन्स, स्वेच्छा महतो, विनेश महतो र स्वस्तिाका चौधरीको अभिनय रहेको छ । चितवनका चर्चित निर्देशक हिरा चौधरीले निर्देशन गरेको भिडियोलाई रमेश चौधरीले छायांकन र सम्पादन गरेका हुन् ।

पोष्ट प्रडक्सन म्याडम्याक्स स्टुडियोले गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>