Breaking News

निकुञ्जभित्र तार पड्किँदा माडीमा पुनः विद्युत अवरुद्ध, आज सुचारु हुने टुंगो छैन

Banner

चितवन, वैशाख ५-

चितवन राष्ट्रिय निकुञ्जभित्र विजुलीको भूमिगत तार (केबल) पड्किँदा माडीमा विद्युत सेवा पुनः अवरुद्ध भएको छ ।

यसअघि सोमवार राति पनि भूमिगत तार पड्किएको थियो । मर्मतपछि मंगलवार साँझ ५ बजेदेखि विद्युत सुचारु भएको थियो । आज बुधवार बिहान करिब २ बजेको समयमा केबल पुनः पड्किएर विद्युत अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले निकुञ्जभित्र पड्किएको तार मर्मतको काम सुरु गरिसकेको छ । यद्यपी आज दिनभर विद्यतु सुचारु हुने टुंगो नरहेको चनौली वितरण केन्द्रका प्रमुख इन्जिनियर विनोद सापकोटाले बताए ।

‘आज मर्मतको काम सकेर बेलुकासम्म विद्युत सप्लाई गर्न सकिन्छ कि भन्ने छ । अहिल्यै भन्न सक्ने अवस्था छैन’, उनले भने । निकुञ्जभित्रको भूमिगत तार पड्किँदा माडीमा पटक–पटक विद्युत सेवा अवरुद्ध हुँदै आएको छ ।

निकुञ्जभित्र ८ किलोमिटरमा चनौली–जगतपुर–माडी ३३ केभी सब प्रशारण लाइनको केबल भूमिगत गरिएको छ । निकुञ्जभित्र वैकल्पिक केबल भूमिगत गर्ने प्रक्रिया सुरु भएपनि फिल्डमा काम सुरु भइसकेको छैन । निकुञ्जभित्र भूमिगत तार मर्मत गर्न सहज छैन ।

पटक–पटक बिजुली अवरुद्ध हुँदा माडीमा दैनिक जनजीवन, उद्योग, व्यवसाय, शैक्षिक संस्था, इन्टरनेट, सञ्चार माध्यम लगायत सबै क्षेत्र प्रभावित भएका छन् ।

फाइल फाेटाे

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>