Breaking News
पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँले बढ्यो
०
काठमाडौ, बैशाख ३-
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
मंगलबार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो।
भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो। निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर २.९६ र डिजेल प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>