चितवन विशेष
नारायणगढ–मुग्लिन सडकः मसिंर २७ देखि दुई साता बन्द हुने
०

चितवन, मंसिर २५–
चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड दुई साता बन्द हुने भएको छ ।
यही मंसिर २७ गते (शुक्रबार)देखि दुई साताका लागि सवारी साधन संचालनमा रोक लगार्ईएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज (बुधबार) बसेको सुरक्षा समितिको बैठकले मंसिर २७ गतेदेखि लागु हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन संचालनमा रोक लगाउने निर्णय गरेको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो रोकथामको कार्य गर्न लागेकोले सवारी साधन संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सडक विस्तारको काम सकिए पनि केही स्थानमा अझै पहिरोको जोखिम रहेकाले रोकथामको काम अगाडि बढाइएको आयोजनाका प्रवक्ता इन्जिनियर शिव खनालले नारायणी अनलाईनलाई जानकारी दिए ।
बन्दको समयमा यी स्थानहरुमा सवारी साधन रोकिने छन्ः
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>