अटो

‘टीभीएसका बाईक खरिद गर्नुहोस्, निखिल उप्रेतीसँग भेट्नुहोस्’

Banner

काठमाडौं, जेठ २८–

नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ग्राहकवर्गका लागि नयाँ योजना ल्याएको छ । जगदम्बा मोटर्सले सिमित अवधिका लागि ‘टीभीएस स्ट्राइकर मेलामा आउनुहोस् सुपर स्टार निखिल उप्रेतीसँग भेट्ने मौका पाउनुहोस्’ योजना ल्याएको हो ।

जगदम्बा मोटर्स प्रालिले आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको वीरगन्जको म्याक्स अटो, जितपुरको सगरमाथा ट्रेडर्स, कलैयाको करण इन्टरप्राइजेज, निजगढको माँ अजिमा ट्रेडर्स, चन्द्रपुरको गणपति अटो एन्ड सेन्टरबाट टीभीएस स्ट्राइकर १२५ सीसीको ग्राहकलाई लक्षित गरी मेला आयोजना गरेको जगदम्बा मोटर्स प्रालिका मार्केटिङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए ।

टिभीएस स्ट्राइकर १२५ मेला सोरुम नजिकैको स्थानहरुमामा जेठ ३१ गतेबाट असार ३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा टीभीएस टिभीएस स्ट्राइकर १२५ को खरिद क्यास, फाइनान्स र एक्सचेन्जको माध्यमबाट गर्न सक्ने कम्पनीले जनाएको छ ।

मेला अबधिभर टीभीएस स्ट्राइकर १२५ खरिद गर्ने ग्राहकलाई कम्पनीले २ आर्थिक वर्षसम्म २०७५÷७६ को कर फ्री साथै रेनकोट पनि उपलब्ध गराउने भएको छ । मेलामा टीभीएस स्ट्राइकर १२५ खरिद गर्ने ग्राहकहरुले असार ३ गते वीरगञ्ज, जितपुर र कलैयामा र असार ४ गते निजगढ र चन्द्रपुरमा नेपाली नायक सुपरस्टार निखिल उप्रेतीसँग भेटघाट तथा दुःख सुख हाँसो खुशी बाँड्ने छन् । मेला अवधिमा ४ सय वटा टीभीएस स्ट्राइकर १२५ बेच्ने लक्ष्य राखेको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर कोइरालाले बताए ।

विभिन्न आकर्षक मोडलहरु तथा पावर इन्जिनहरुमा उपलब्ध टीभीएसका मोटरसाइकल तथा स्कुटरहरु नेपाल भरिका ९० भन्दा बढी ठाउबाट जगदम्बा मोटर्सले थ्रीएस सर्भिस सहित बिक्री वितरण गर्दै आइरहेको छ ।

कम्पनीले विभिन्न सीसीका उत्पादनहरुमा ५ वर्ष वारेन्टीको सेवा पनि दिदै आएको छ । टीभीएसले नेपाली बजारमा ११० सीसी अन्तर्गत ड्याज, जेस्ट, विगो, जुपिटर र एनटर्क स्कुटर तथा अपाचे आरटीआर १५०, १६०, १८० र २०० का साथै अपाचे आरआर ३१० बाइक उपलब्ध गराइरहेको छ । त्यसैगरी टीभीएसका स्ट्राइकर, भिक्टर, फिनिक्स, स्टारसिटी प्लस आदि बाइक समेत उपलब्ध छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>