देश/प्रदेश

हेटौँडामा खैरो हेरोइनसहित एक पक्राउ

Banner

हैटौँडा जेठ २२-

लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई हेटौँडा उपमहानगरपालिका–१ बाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटाँैडा उपमहानगरपालिका–११ का ३१ वर्षीय मिलन परियार रहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले शङ्कास्पद रुपमा हिँडिरहेका परियारलाई चेकजाँच गर्दा उनले लगाएको पाइन्टको खल्तीभित्र सुर्तीको प्याकेटमा लुकाई छिपाई राखेको लागुऔषध खैरो हेरोइन सात ग्राम बरामद गरेको हो । पक्राउ परेका परियारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>