क्रिकेट
विश्वकप क्रिकेटः श्रीलंकामाथि न्यूजिल्याण्डको १० विकेटको शानदार जित
०

काठमाडौं, जेठ १९–
इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो खेलमा न्यूजिल्याण्डले शानदार जित हात पारेको छ ।
गएको संस्करणको उपविजेता न्यूजिल्याण्डले शनिबार भएको पहिलो खेलमा श्रीलंकालाई १० विकेटले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका २९ ओभर २ बलमा १३६ रन बनाउँदा अलआउट भयो । उसका लागि दिमुथ करुणारत्नेले अर्धशतक पार गर्दै ५२ रन बनाए भने कुशल परेराले २९ तथा थिसरा परेराले २७ रन बनाउँदा अन्य खेलाडीले १० रन पनि जोड्न सकेनन् ।
न्यूजिल्याण्डका लागि म्याट हेनरी र लकी फर्गुसनले ३–३ विकेट लिए ।
१३७ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले विना कुनै विकेटको क्षतिमा ३४ ओभर १ बलमा पूरा गर्यो । न्यूजिल्याण्डका लागि मार्टिन गप्टिलले ७३ रन बनाए भने कलिन मन्रोले ५८ रन जोडे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>