चितवन विशेष

दुर्घटना न्यूनिकरण गर्न चितवनमा प्रहरीको सचेतनामूलक कार्यक्रम सुरु

Banner

चितवन, मंसिर २६ –

पूर्वि चितवनमा दैनिक रुपमा सवारी साधन दुर्घटना बढ्दै गएपछि चितवन ट्राफिकद्वारा सचेतना कार्यक्रम गर्न थालिएको छ ।

दैनिक जसो गम्भीर प्रकृतिका सवारी दुर्घटना बढिरहँदा ट्राफिक र जनपथ प्रहरीको संयुक्त चेकजाँज टोलीले दैनिक रुपमा पूर्वि चितवनका चार ठाउँमा दुर्घटना न्यूनीकरणको लागि सचेतना प्रदान गर्दै आएको छ । पूर्वि चितवनको भण्डारा, खैरहनी, टाँडी र गोन्द्राङमा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म सचेतनामूलक सन्देश प्रवाह गर्न थालेको हो ।

 

निरन्तर रुपमा दुर्घटनामा बढी संलग्न भएका सवारी साधनमा मोटरसाइकल ट्रक, ट्याङ्कर, ट्रयाक्टर, टिपर, बसका चालकलाई तीव्र गति र मा.प.से गरी सवारी नहाँक्न, जथाभावी ओभरटेक नगर्न, रातीको समयमा लो बिमको प्रयोग गर्न, हुस्सु लागेको समयमा हतार नगरी सावधानी पूर्वक सवारी चलाउन अनुरोध गर्दै चालकहरुलाई दूर्घटना विशेष सचेतना प्रदान गर्न थालिएको चितवन ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।

मानवीय एवं भौतिक क्षतिलाई न्यूनीकरण गर्ने र चालकको लापरवाहीबाट हुन सक्ने संभावित दु्र्घटनालाई कम गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम थालिएको प्रमुख भट्टले बताए ।

ट्राफिक प्रमुख दयाकृष्ण भट्टका अनुसार सरोकारवाला निकायसँग दुर्घटना न्यूनिकरणका लागि पूर्वि चितवनमा स्मार्ट चेक प्वाइन्ट निर्माणको लागि छलफल भइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>