Breaking News

करेन्ट लगाएर श्रीमानले गरे श्रीमतीको हत्या, घटना लुकाउन बोलेरोले किचियो

Banner

काठमाडौं, पुस ७–

पर्साको वीरगञ्जमा एक पुरुषले आफ्नै श्रीमतीको करेन्ट लगाएर हत्या गरेका छन् । घटना लुकाउन श्रीमतिको शवलाई बोलेरोमुनि राखेर किचेको तथ्य खुलेको छ । यस्तो क्रुर अपराध गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२७ जसौलीका ३४ वर्षका कुशल दास र उनका भाइ २८ वर्षका भरत दासलाई पक्राउ गरेको छ ।

बुधबार बिहान करिब ५ः३० बजे जसौलीस्थित सडकमा रगताम्मे अवस्थामा ती महिलाको शव भेटिएको थियो। श्रीमान र देवर मिलेर महिलाको हत्या गरेको पाइएको पर्साका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए।

प्रहरी टोलीले कुशल दासकै घरअगाडि रहेको कच्ची बाटोको किनारमा टाउको किचिएको अवस्थामा भेटिएकी मृतक दासकै ३० वर्षकी पत्नी रिंकुकुमारी रहेको पत्ता लगाएको हो । लगत्तै उनका पति कुशलसँग प्रारम्भिक अनुसन्धान गरी मृतक रिंकुको शव जाँच गर्दा हातको हत्केलामा करेन्ट लागेजस्तो पोलेको दागजस्तो देखेपछि प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान तीव्र र कडा पारेको डिएसपी गिरीले बताए।

उनका अनुसार थप सोधपुछका क्रममा रिंकुका पति कुशलले आफ्नी पत्नी पहिलेदेखि नै परपुरुषसँग लागेको शंका लागेकाले मंगलबार राति हत्या गरेको स्वीकार गरेका छन्। उनले मध्यरातमा करेन्ट प्रवाह भइरहेको बिजुलीको नाङ्गो तारले बायाँ हातमा करेन्ट लगाई हत्या गरेको बताएका छन्।

हत्यापछि कुशलले आफ्नै भाइ भरतलाई बोलाई सल्लाहमा रिंकुको शवलाई सडकमा राखी उनले चलाउने ना ३ च ६२४७ नम्बरको कुखुराको चल्ला बोक्ने बोलेरोले किचेको प्रहरीलाई बताएका छन्।

हत्यामा प्रयोग गरिएको बोलेरो लुकाइछिपाइ राखेको अवस्थामा वीरगञ्ज१७ अलौस्थित शिवम ह्याचरीभित्र बरामद गरिएको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइ घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>