अन्तर्राष्ट्रिय

भानुआटु भूकम्पः मृत्यु हुनेको संख्या १४ पुग्यो

Banner

काठमाडौँ, पुस ३-

भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको बीबीसीले जनाएको छ।

भानुआटुमा मंगलबार ७।३ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा परी २ सय जना घाइते पनि भएका छन्। भूकम्पका कारण भवनहरू ध्वस्त भएका छन्।

त्यहाँस्थित अमेरिका, फ्रान्स, बेलायत र न्युजिल्यान्डका दूतावासमा पनि बिजुली अवरुद्ध भएको छ। मोबाइल सेवा पनि ठप्प छ।

भानुआटु प्रहरीले सात दिनका लागि ‘आपत्‌कालीन अवस्था’ लागू गरिएको जनाएको छ।

कहाँ छ भानुआटु देश ?

भानुआटु दक्षिण प्रशान्त महासागरमा ८० साना टापुहरूको देश हो। यो फिजीको पश्चिम र अस्ट्रेलियाको पूर्व छ। यो सम्पूर्ण क्षेत्र सक्रिय भूकम्पीय क्षेत्रमा पर्छ। जहाँ भूकम्प र अन्य प्राकृतिक प्रकोप आइरहन्छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>