समाचार
सङ्क्रमणकालीन न्याय समयमै टुङ्ग्याउन आग्रह
०

मनहरी, मङ्सिर ५-
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश लोकसेवा आयोगले निष्पक्ष र स्वतन्त्ररूपमा काम गरेर देशको प्रशासनिक पद्धतिलाई जोगाउने काम गरेको बताउनुभएको छ ।
मङ्गलबार हेटौँडामा आज आयोजित बागमती प्रदेश लोकसेवा आयोगको चौथो वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले आयोगमा पनि केही समस्या भएकाले त्यसको सुधारसँगै व्यवस्थापनमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
लम्बिदो सङ्क्रमणले समस्या सृजना हुनसक्ने बताउँदै प्रदेश प्रमुख शर्माले राजनीतिक दललाई समस्याको समाधान खोज्न आग्रह गर्नुभयो । उहाँले सङ्क्रमणकालीन न्याय समयमै टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आयोगबाट सम्पादन भएका कामको विवरण प्रस्तुत गर्नुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>