समाचार

मंसिर ७ पूर्वसन्ध्यामा युवा संघले काठमाण्डौँमा निकाल्यो मसाल जुलुस

Banner

काठमाण्डौँ, मंसिर ५-
नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ । मंसिर ७ गते गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा युवा संघले काठमाडौंको तीनकुनेमा मसाल जुलुस निकालेको हो ।

मसाल जुलुसमा सहभागीहरूले सरकार विरोधी नारा लगाएका थिए । उनीहरूले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकार असफल भएको सन्देश दिने खालका नारा लगाएका थिए ।

प्रदर्शनका कारण केहीबेर तीनकुने क्षेत्रमा यातायात अवरुद्ध भएको थियो । युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो । भेलामा संघका पूर्वअध्यक्ष महेश बस्नेतले प्रदर्शनलाई शसक्त बनाउन निर्देशन दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>