काठमाडौँ

दुर्गा प्रसाईंको अभियानका लागि डेढ लाख मानिस काठमाडौं आइसके: सहप्रवक्ता माण्डव्य

Banner

काठमाडौं, मंसिर ५-

अभियन्ता दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्ने कार्यक्रमका लागि डेढ लाख मान्छे काठमाडौं आएका छन् । अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार मङगलबार प्रसाईंद्वारा घोषित ‘नागरिक बचाउ महाअभियान’ कार्यक्रमका लागि डेढ लाख मान्छे काठमाडौं आएका हुन् । उक्त कार्यक्रमको उद्घाटन आउँदो ७ मंसिरमा काठमाडौंमा आयोजना हुँदैछ ।

सम्मेलनमा बोल्दै सहप्रवक्ता माण्डव्यले ६-७ लाख मान्छे काठमाडौंमा जम्मा हुने दाबी गरे ।

माण्डव्यले भने, ‘डेढ लाख मानिसहरु आइसकेका छन् । थप डेढ लाख मानिस आउँछन् । काठमाडौंमा ३ लाख मान्छे कार्यक्रममा जान तयार छन् । कुल मिलाएर न्यूनतम ६-७ लाख मान्छे जुट्छन् ।’
उनले यो आन्दोलन दुर्गा प्रसाईंको प्राइभेट नभएको बताए ।

‘हजारौं सानासाना समूहहरु जुटेका छन् । सबैले मिलेर गरेको सार्वजनिक आन्दोलन हो । दुर्गा प्रसाईँको मात्र भनेर प्रचार नगरौं,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>