अन्तर्राष्ट्रिय

इरानमा हिजाब सम्बन्धी विवादास्पद विधेयक पारित, नलगाउने महिलालाई १० वर्ष जेल सजायको प्रावधान

Banner

असोज ४- 

इरानको संसद्ले ड्रेस कोडको उल्लङ्घन गर्ने युवती र महिलालाई अधिकतम १० वर्षको जेल सजाय दिने विवादास्पद विधेयक पारित गरेको छ । यो विधेयक संरक्षक परिषद्बाट स्वीकृत भएपछि मात्र कानुन बन्नेछ । गत वर्ष २२ वर्षीय महसा अमिनीको मृत्युपछि इरानमा राष्ट्रव्यापी विरोध प्रदर्शन सुरु भएको थियो ।

महसालाई हिजाब लगाउने नियम उल्लङ्घन गरेको आरोपमा हिरासतमा राखिएको थियो, त्यही क्रममा उनको मृत्यु भएको थियो ।उक्त विरोध प्रदर्शनका क्रममा महिलाले हेडस्कार्फ जलाएका थिए र त्यसलाई हावामा लहराएका थिए ।

यस्तै, देशमा हिजाब नलगाउने महिला र युवतीको सङ्ख्यामा व्यापक वृद्धि भइरहेको छ । हालको समयमा यदि महिला वा युवतीले ड्रेस कोडका पालन गर्दैनन् भने उनीहरूलाई १० दिनदेखि दुई महिनासम्मको जेल सजाय हुनसक्छ ।

बुधवार सांसदले ‘हिजाब र चेस्टिटी बिल’ विधेयक पारित पारेको छ । यदि यो बिल कानुन बन्यो भने यसको उल्लङ्घन गर्ने युवती र महिलालाई पाँचदेखि १० वर्षसम्मको जेल सजाय हुनसक्छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>