अन्तर्राष्ट्रिय

भारत र क्यानडाबीच तनाव, दुई शीर्ष कुटनीतिज्ञ निष्कासित

Banner

काठमाडौं, असोज २-

सिख नेता हरदीप सिंह निज्जरको हत्यापछि भारत र क्यानडाबीचको सम्बन्धमा थप तनाव बढेको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाउनुभएको छ। निज्जरको हत्यामा भारतको भूमिकाको अनुसन्धानलाई ध्यानमा राख्दै क्यानडाले भारतका शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरेको बिबिसी हिन्दीले जनाएको छ।

यसै वर्षको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित निज्जरको गोली हानी हत्या गरिएको थियो। केही दिनअघि मात्र ट्रुडो जी–२० सम्मेलनमा सहभागी हुन भारत पुगेका थिए। भ्रमणका क्रममा ट्रुडोसँगको भेटमा प्रधानमन्त्री नदेन्द्र मोदीले क्यानडामा सिख पृथकतावादी गतिविधि र भारतीय कूटनीतिज्ञमाथि आक्रमणको मुद्दा उठाएका थिए।

तर, भारत सरकारले निज्जरको हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ। ट्रुडो स्वदेश फर्केको केही समयपछि भारतसँगको द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा वार्ता रोकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>