खेलकुद
एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
०

काठमाडौं, भदौ ३०-
चीनमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले एसियाडका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको हो।
टोलीमा करण केसी, प्रतिश जीसी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी र सन्दीप जोरा रहेका छन्। यसैगरी विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेककुमार यादव, अविनाश बोहरा र सन्दीप लामिछानेलाई क्यानले टोलीमा राखेको छ।
विश्वका ४५ देशको सहभागिता रहने एसियाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>