क्रिकेट

पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित

Banner

काठमाडौं, भदौ २८-

एसिया कप २०२३ अन्तर्गत सुपर फोरमा पाकिस्तान र आयोजक श्रीलंकाबीचको खेल वर्षाले प्रभावित भएको छ। कोलम्बोमा सवा तीन बजे सुरु हुन पर्ने खेलको वर्षाका कारण टस समेत हुन सकेको छैन।

यसअघि दुवै टिमले सुपर फोरमा बंगलादेशलाई हराएका थिए। भारतसँग भने दुवै टिम पराजित भएका थिए। त्यसैले दुवै टिमको समान २-२ अंक छ।

पाकिस्तानका तीव्र गतिका बलर नशीम शाह खेलमा उपलब्ध हुने छैनन् भने अर्का बलर हरिस रउफ पनि टिममा छैनन्। यता भारतविरूद्धको खेलमा उत्कृष्ट खेल देखाएका श्रीलंकाका डुनिथ बेलालेजले आज पाकिस्तानविरुद्ध गर्ने प्रदर्शन चासोका साथ हेरिएको छ।

आजको खेलमा जित हात पार्ने टिम फइनल पुग्नेछ। फाइनल पुगे भारतसँग प्रतिस्पर्धा हुनेछ। वर्षाले खेल रद्द भएमा श्रीलंका फाइनल पुग्दा पाकिस्तान बाहिरिनेछ। यसअघि भारतले सुपर फोरमा पाकिस्तान र श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>