मध्य नेपाल

हेटौँडामा अस्पताल भित्रै दुईजना डाक्टरमाथि कुटपिट

Banner

काठमाण्डौ,भदौ २८-

हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट भएको छ । उपचारमा लापरबाही गरेको भन्दै हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि हिजो बिहान कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उहाँहरुमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

झण्डै एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गी भएका हेटौँडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उहाँका आफन्तले डाक्टरमाथि कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

अस्पतालका अनुसार डेङ्गी पुष्टि भएका प्रधानलाई आराम गर्ने भनेर घर लगिएको थियो । तर, केही दिनपछि उहाँको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । प्रहरीका अनुसार उहाँको उपचारका क्रममा ज्यान गएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>