समाचार

एमाले सांसद श्रेष्ठले भने ‘सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न सक्दैन’

Banner

काठमाडौँ, साउन १९-

नेकपा(एमाले)का सांसद लिलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न नसक्ने बताएका छन्।
आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न नसक्ने बताएका हुन। उनले सो प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको भन्दै छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए । सुन तस्करी प्रकरणलाई सरकारले खेलाँची गरिरहेको उनले बताए ।

सांसद श्रेष्ठले हालसम्म मुख्य मान्छेलाई समात्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। उनले सरकारले प्रचारबाजी मात्रै गरिरहेको उल्लेख गर्दै प्रचारबाजी बन्द गरेर सबै प्रकरणहरूको ठिक ढंगले छानबिन गर्नुपर्ने धारणा राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>