खेलकुद
राष्ट्रिय टिमबाट ज्ञानेन्द्र मल्लले गरे संन्यासको घोषणा
०

काठमाडौँ, साउन १९-
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।
आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्रले संन्यास लिने घोषणा गरेका हुन्।
२०७६ को कात्तिकमा उनी राष्ट्रिय टिमको कप्तान बनेका थिए।
१० वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान नियुक्त गरेको थियो।