अन्तर्राष्ट्रिय

रूसी वैज्ञानिकहरु अन्टार्कटिकामा तरबुजा फलाउन सफल

Banner

रूस, साउन १८-

रूसी अनुसन्धानकर्ताहरूले अन्टार्कटिकाको भोस्टोक स्टेशनमा आठ वटा तरबुजा फलाउन सफल भएका छन् । उनीहरुले तरबुजा उब्जाउन हाइड्रोपोनिक प्रविधि प्रयोग गरेका हुन् ।

रूसी आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान (एआरआई) अनुसार यी पाकेका तरबुजको रातो र पहेँलो गुदी हुन्छ । तरबुजाको प्रत्येकको तौल लगभग १ किलोग्राम रहेको वैज्ञानिकहरुले बताएका छन् ।

अन्वेषकहरूका अनुसार भोस्टोक स्टेशनको प्रयोगशालाले निकट भविष्यमा अन्य खानेकुराहरु उब्जाउने अपेक्षा राखेको छ । वैज्ञानिकहरूले पनि ब्ल्याकबेरी, स्ट्रबेरी र ब्लुबेरी पृथ्वीको सबैभन्दा चिसो ठाउँमा उब्जाउने प्रयास गर्ने बताएका छन् ।

रिपोर्टका अनुसार, वैज्ञानिकहरूले भोस्टोक स्टेशनको प्रयोगशालामा फेब्रुअरी २०२० देखि तरकारी रोप्दै आएका छन् र ८० भन्दा बढी प्रकारका तरकारीहरू उब्जाइसकेको पनि बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>