समाचार

पानी पार्न सामूहिक पूजापाठ,१२ जना पण्डितबाट रुद्री पाठ गराइयो

Banner

दाङ,जेठ २६-

लामो समयसम्म पानी नपरेर गर्मी अत्यधिक बढेपछि दाङको घोराहीमा पानी पार्न भन्दै सामूहिक पूजापाठ गरिएको छ । घोराही उपमहानगरपालिका–१८ शङ्खे पिपलमा १२ जना पण्डितबाट रुद्री पाठ गराइएको हो । घोराही उपमहानगरपालिका–१४ को ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र घोराही, ब्राह्मण समाज दाङ, पतञ्जली योग समितिको संयुक्त आयोजनामा पूजा पाठ गरिएको हो । कार्यक्रमका लागि भरतमणि पाण्डे र विष्णुप्रसाद गौतमले आर्थिक सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा घोराही–१४ को ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष चित्रकान्त आचार्यको अध्यक्षता तथा ज्येष्ठ नागरिक जयदेव भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>