समाचार

भारतको अवरोधपछि चीनबाट आउन थाल्यो विस्फोटक पदार्थ

Banner

काठमाडौं, जेठ २६–

भारतीय अवरोधपछि नेपालमा चीनबाट विस्फोटक पदार्थ आपूर्ति थालिएको छ । विकास निर्माणका परियोजनामा विस्फोटक पदार्थ आपूर्तिमा भारतले अवरोध गरेपछि निजी क्षेत्रका व्यवसायीहरुले चीनबाट विस्फोटक पदार्थ भित्र्याउन सुरु गरेका हुन् ।

पछिल्लो केही दिनमा निजी क्षेत्रका व्यवसायीहरुले चीनबाट २३० मेट्रिक टन विस्फोटक पदार्थ आयात गरेका छन् । भारतको ९ महिनादेखिको निरन्तरको अवरोध पछि पछिल्लो दुई साता अवधिमा २३० मेट्रिक टन विस्फोटक पदार्थ आयात गरिएको स्रोतले जनाएको छ ।

‘भारतीय अवरोधका कारण शिथिल बनेका परियोजनाहरुका लागि वैकल्पिक माध्यमबाट विस्फोटक पदार्थ आयात थालिएको छ,’ आयातकर्ता एक व्यवसायीले भने, ‘पहिलो लटमा ९० र दोस्रो लटमा १४० मेट्रिक टन विस्फोटक पदार्थ नेपाल भित्रिएका छन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>