खेलकुद

वकिलले असार २९ गतेलाई पेशी सारेपछि सन्दीप भोलि दक्षिण अफ्रिका जाने

Banner

काठमाडौं, जेठ २१-

क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले लामिछानेको आगामी पेशी असार २९ गतेलाई सारेपछि विश्वकप छनोटको अभ्यास खेल खेल्न उनी भोलि दक्षिण अफ्रिका जाने भएका हुन् ।

गत मङ्गलवार राष्ट्रिय टोली दक्षिण अफ्रिका प्रस्थान गरेपनि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई भोली (सोमबार) दक्षिण अफ्रिका पठाउन लागेको हो ।

उनका वकिलहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने बाटो खुलेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>