अन्तर्राष्ट्रिय

जुकरबर्गले ल्याउँदैछन् नयाँ सोसल मिडिया एप, ट्वीटरलाई टक्कर दिने

Banner

काठमाडौं, जेठ २१-

विश्वका नम्बर वान अर्बपति एलन मस्कले गत वर्ष ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरीद गरेर सोसल मिडिया प्लाटफर्मको उद्यागेमा प्रवेश गरे । फेसबुकका संस्थापक मार्क जुकरबर्ग इन्टरनेटमा सोसल मिडियाको नयाँ युग सुरु गर्ने व्यक्ति हुन् भन्दा फरक पर्दैन ।

उनी लगायतको स्थापना गरेको फेसबुकले सोसल मिडिया प्लाटफर्मको क्षेत्रमा एक नयाँ क्रान्तिको सुरुवात नै गरेको थियो । जसको जबरजस्त लोकप्रियतापछि अन्य सोसल मिडियाहरु बग्रेल्ती आउन थाले । तर जुकरबर्गलाई सोसल मिडिया प्लाटफर्मको भोक मरेको रहेनछ । उनले ट्वीटरजस्तै एउटा नयाँ सोसल मिडिया प्लाटफर्म ल्याउने तयारी गरेका छन् ।

जुकरबर्गको उक्त प्लाटफर्ममा प्रयोगकर्ताले ट्वीटरमा जस्तै टेक्स्टहरु पोस्ट गर्ने सुविधा पाउनेछन् । साथै यो प्लाटफर्मलाई इन्स्टाग्रामसँग पनि जोड्न सकिनेछ ।

समाचार अनुसार जुकरवर्गको कम्पनी मेटाले छिटै नै आफ्नो माइक्रोब्लगिङ प्लाटफर्म लञ्च गर्न सक्दछ । यही जून महिनामा मेटाले नयाँ प्लाटफर्मको घोषणा गर्ने दाबी गरिएको छ । जसको सिधा टक्कर ट्वीटरसँग हुने बताइएको छ ।

मेटाले बार्सिलोना कोड नामबाट यो प्रडक्टको परीक्षण गरिरहेको छ । यो एप अहिले अल्फा टेस्टिङको चरणमा छ । मिडिया रिपोर्टहरुका अनुसार यो प्लाटफर्ममा ५ सय अक्षरहरु टाइप गर्न सकिनेछ । त्यस्तै यसमा ह्यासट्याग पनि प्रयोग गर्न सकिनेछ । स्मरण रहोस् पछिल्लो समयमा लोकप्रियता गुमाउँदै गएको ट्वीटरका लागि फेसबुकको यो प्लाटफर्म ठूलो टाउको दुखाइ बन्न सक्दछ ।

एलन मस्कले लिइरहेका नयाँ नयाँ निर्णयहरुले नै ट्वीटरलाई अलोकप्रिय बनाउँदै लगेको बताइन्छ । हालै मस्कले लिन्डा याकारिनोलाई ट्वीटरको नयाँ सीईओ बनाएका छन् । यसबाट कम्पनीको अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ । तर फेसबुकको प्रतिस्पर्धी एप यसका लागि ठूलो चुनौति बनन सकदछ ।

बिजनेस इनसाइडरले केही हप्ताअघि मेटाले ल्याउने योजना बनाएको उक्त एपका बोमा जानकारी दिएको थियो । समाचारमा उक्त प्लाटफर्म विकेन्द्रित टेक्स्ट बेस्ड सोसल नेटवर्क हुनसक्ने आँकलन गरिएको थियो । यसको अर्थ यो प्लाटफर्मका डाटाहरु कुनै एउटा ठाउँमा मात्रै भण्डारण गरिँदैन । क्रिप्टोकरेन्सी वा ब्लकचेनकै जस्तो गरी यो प्लाटफर्मको कुनै केन्द्र हुने छैन ।

मेटाले ल्याउन लागेको नयाँ सोसल मिडिया प्लाटफर्ममा प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम ह्याण्डलको माध्यमबाट लगइन गर्न सक्नेछन् । जुकरबर्गको यो नयाँ प्लाटफर्मको टक्कर केवल ट्वीटरसँग मात्र नभई ट्वीटरका संस्थापक ज्याक डोर्सीको प्लाटफर्म ब्लु स्काई तथा अर्को प्लाटफर्म ःबकतयमयल लगायतसँग पनि हुनेछ ।

–एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>