समाचार

इपीजीको विषय उचालेर दुई देशबीचको सम्बन्ध बिगार्न चाहिन : प्रचण्ड

Banner

काठमाडौं, जेठ २१–

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को विषय उक्त विषय सबैको चासोको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस बारे आफूले भारतीय पक्षसँग कुरा राखेको बताए।

भारतको औपचारिक भ्रमण पूरा गरी शनिबार साँझ स्वदेश फर्किएका प्रचण्डले त्यो विषय धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण नेपालले बिगार्न नहुने पनि पटकपटक दोहोर्‍याए।

​प्रधानमन्त्री दाहालले भने, ‘सकारात्मक परिणाम आउन लागिरहेका वेला वातावरण बिगार्ने गरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाइदा छैन। यो भ्रमण फलदायी भएको छ। यसलाई अब हामीले सबैले मिलेर सहमति र समझदारीलाई कार्यान्वयनमा लैजानु छ। कार्यान्वयनमा लैजान राम्रो वातावरण बनाउन आवश्यक छ। त्यसकारण भ्रमण विगतको भन्दा परिणाममुखी भएको छ।’

प्रधानमन्त्री दाहालले आफूले इन्दोर भ्रमणको क्रममा महाकालेश्वर मन्दिरमा प्रोटोकल नमिचियोस् भनेर गेरु वस्त्रधारण गर्नुपरेको बताए। उक्त मन्दिरमा मुख्य अतिथिले गेरु वस्त्रधारण गर्नुपर्ने प्रोटोकल भएको र त्यसलाई पालना नगर्दा अर्बौ भारतीय मनमा चिसो पस्ने भएकाले उक्त वस्त्र धारण गरिएको प्रधानमन्त्री दाहालको स्पष्टीकरण थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>