अर्थ

पाथीभरा मन्दिरको भेटीमा कम्तीमा १५ करोड गोलमाल

Banner

इलाम, जेठ १९–

इलामको रोङ गाउँपालिका–३ मा रहेको पाथीभरा मन्दिरमा पाँच वर्षमा संकलन भएको भेटी (नगद, सुन र चाँदी)मा गोलमाल भएको छ । पाथीभरा संरक्षण संस्थाले ०७३ देखिको हरहिसाब देखाउन नसक्दा पाँच वर्षमा कति भेटी संकलन भयो र रकम कहाँ गयो भनेर यकिन हुन सकेको छैन । यो संस्थाले ०७३ असारदेखि संस्था नवीकरण र साधारणसभा पनि गरेको छैन ।

पाथीभरा संरक्षण संस्था पारदर्शी नभएपछि रोङ गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ जारी गरेर पाथीभरा विकास समितिमार्फत व्यवस्थापन थालेको छ । समितिले १ फागुनबाट पाथीभरा मन्दिरको जिम्मा लिएसँगै सय दिनमा भेटीबापत ६६ लाख ६१ हजार तीन सय ७८ रुपैयाँ आम्दानी भएको छ । यो रकम गाउँपालिकाको खातामा जम्मा भएको र आम्दानी पाथीभरा क्षेत्रको विकास र धार्मिक पर्यटन प्रवद्र्धनमा खर्च गरिने गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए ।

फागुनमा २१ लाख ७० हजार दुई सय ९४, चैतमा २० लाख ६४ हजार सात सय ४३, वैशाखमा १८ लाख ८५ हजार एक सय पाँच र जेठको १० दिनमा पाँच लाख ४१ हजार दुई सय ३६ संकलन भएको हो । अहिले संकलन भएको भेटी प्रत्येक दिन मुचुल्का गरेर कोषाध्यक्षले विकास समितिको खतामा जम्मा गर्छन् । त्यसपछि प्रत्येक महिना गाउँपालिकाको खातामा जम्मा गरिएको छ ।

‘मन्दिरबाट भएको आम्दानीको सही सदुपयोग गर्दै पाथीभरालाई सुव्यवस्थित गर्छौँ । आमभक्तजनको सहयोग, चन्दा र दानलाई वेबसाइटमा हेर्न सकिने बताउँछौँ,’ उनले भने, ‘पाथीभरा मन्दिरको सबै आम्दानी यहीँको विकास र त्यहाँको धार्मिक पर्यटन प्रवद्र्धनमा खर्च गर्नेछौँ ।’ गाउँपालिकाले आर्थिक वर्ष ०७८र७९ मा कुल ७२ लाख ५४ हजार मात्र आन्तरिक आम्दानी गरेको थियो । तर, अहिले मन्दिरको भेटीबाट आम्दानी बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>