राशिफल

आज जेठ १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

Banner

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । घुमफिरमा आकर्षण बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । साथीबाट सहयोग मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरता पनि छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामान हराउने वा चोरी हुने सम्भावना छ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । साँझमा कुनै कुराले मनमा शान्ति छाउने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कीर्तिमानी काम गर्ने समय छ । चलाखी पूर्ण बोलीले काम बन्ला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज साथीभाष्इबाट विश्वासघात हुनेछ । स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । घर परिवारमा आकस्मिक स्वास्थ्य बिग्रन सक्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>