अपराध

बुटवलको सुनौलो सहकारीका दुई सञ्चालक प्रहरीको नियन्त्रणमा, ६० लाख हिनामिना गरेको आरोप

Banner

रुपन्देही,जेठ १७-

बुटवलको सुनौलो बहुउद्देश्यीय सहकारीका दुई जना सञ्चालक तथा कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सहकारीका सिर्जना तामाङ र आर्यन क्षेत्रीलाई मङ्गलवार राती नियन्त्रणमा लिएको हो ।

मङ्गलवार बचतकर्ताहरूले राती सहकारीको करिब ६० लाख हिनामिना गरेको आरोप लगाउँदै सहकारी घेरेपछि बुटवलको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय रामनगरका अनुसार नियन्त्रण लिएका सिर्जना तामाङ र आर्यन क्षेत्री सहकारीका कर्मचारी र सञ्चालक दुवै भएको बताएको छ । करिब ६० लाख सहकारीले हिनामिना गरेको बचतकर्ताहरूको आरोप छ । तर कति हो भन्ने अझै खुलेको छैन ।

बचतकर्ताहरू बढी आक्रोशित भएर सहकारी घेरेपछि घटना घट्न सक्ने सम्भावना देखेर उनीहरूलाई नियन्त्रणमा लिएर सुरक्षित राखिएको रामनगर वडा प्रहरी कार्यालयले बताएको छ ।

सुनौलो सहकारी जिल्ला सहकारी संघ रुपन्देहीमा दर्ता नभएको जिल्ला सहकारी संघका सदस्य गंगालाल सापकोटाले बताए । बुटवलमा दर्ता नभई बाहिर दर्ता भएर आएका सहकारीहरू धेरै समस्यामा परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>