समाज

नक्कली शरणार्थी प्रकरणमा थप एक जना पक्राउ, अदालतमा बयान सुरु

Banner

काठमाडौं, जेठ १३–

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार थप एक अभियुक्त पक्राउ परेका छन् । फरार बनाएर मुद्दा दायर गरिएका लक्ष्मी महर्जनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । १६ जना पक्राउ परेकामा महर्जनसहित १४ जनालाई फरार बनाएर मुद्दा दायर भएको थियो । पीडितहरूसँग पैसा लेनदेनमा उनको खाता प्रयोग भएको आधारमा प्रहरीले प्रतिवादी बनाएको थियो ।

पक्राउ परेका प्रतिवादीहरूको भने जिल्ला अदालत काठमाडौंमा शुक्रबारदेखि बयान सुरु भएको छ । अदालत स्रोतका अनुसार शुक्रबार केशव दुलाल र सागर राईको बयान सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान चलिरहेको छ । आइतबार पनि बयान लिने कार्य निरन्तर रहनेछ ।

‘अब सबैको बयान भएपछि बल्ल थुनछेकको बहस सुरु हुन्छ । जसमा थुनामा पठाउने वा बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने आदेश हुनेछ । सबै प्रतिवादीको बयान सकिन एक साता लाग्न सक्छ,’ जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायले भने । सरकारी वकिलले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुर गरी चारवटा मुद्दा चलाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>