समाचार

प्रतिनिधिसभा बैठक आज अपराह्न ४ बजे बस्ने

Banner

काठमाडौं, जेठ १३–

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (शनिबार) बस्दैछ। अपराह्न ४ बजेका लागि बोलाइएको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिएका छन्।

यसअघि शुक्रबारको बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्‌मा अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगन भएको थियो। सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगन गरेका थिए।

आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि सत्तापक्षले पशुपतिनाथ मन्दिरको गजुरका विषयमा आधारहीन आरोप लगाएको भन्दै नेकपा एमालेका सांसदले बेल घेरेका थिए।

सांसदले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले पटकपटक उनीहरूलाई बस्न आग्रह गरेका थिए। तर, सरकारबाट प्रष्ट जवाफ नआएसम्म संसद्‌ अवरोध हुने भन्दै एमाले सांसदहरूले बेल घेराउ गरेका थिए।

त्यसपछि सभामुखले बैठक स्थगित गरी दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका थिए। विभिन्न चरणको सर्वदलीय बैठकसँगै बैठक पुनः साँझ ६ बजेका लागि बोलाइएको थियो।

तर सहमति हुन नसकेपछि बैठक शनिबार अपराह्न ४ बजे बस्नेगरी बोलाइएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>