राशिफल

आज चैत १९ गते आइतवार, यस्तो छ तपाईको राशिफल

Banner

आज विंस. २०७९ साल चैत १९ गते आइतवार, सन् २०२३ अप्रिल २ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको आजको राशिफल यस्तो रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ कष्टकर यात्राका साथै मन कमजोर रहला । आँटेको काममा अवरोध आउनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । पारिवारिक समस्या पनि बढ्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>