खेलकुद

आईपीएलमा आज दुई खेल हुँदै

Banner

नयाँ दिल्ली, चैत्र १८-

इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजन सुरु भएको छ । शनिबार भएको पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको थियो । योसँगै सिजनको पहिलो डबल हेडर आज खेलिनेछ । पहिलो खेल दिउँसो ३ः ४५ बजे शिखर धवनको पञ्जाब किंग्स (पीबीकेएस) र नितिश राणाको कोलकाता नाइट राइडर्स (केकेआर) बीच हुनेछ । साँझ केएल राहुलको लखनऊ सुपरजायन्ट्स (एलएसजी) र डेभिड वार्नरको दिल्ली क्यापिटल्स (डीसी) बीच दोस्रो भिडन्त हुनेछ।

कोलकाता नाइट राइडर्स टोलीले प्रतियोगितामा २ पटक उपाधि जितेको छ । टोली १५ मध्ये ७ सिजनमा प्लेअफमा पुगेको छ र तीन पटक फाइनल खेलेको छ । गत सिजन भने टोलीले १४ खेलमध्ये ६ खेल मात्रै जित्न सकेको थियो । जसका कारण उनले ७ नम्बरमा रहेर प्रतियोगिता समाप्त गर्नु परेको थियो । पञ्जाब किंग्सको टोलीले प्रतियोगितामा एउटा पनि उपाधि जित्न सकेको छैन । टोली १५ सिजन मध्ये २ मा प्लेअफ पुगेको छ भने एक पटक मात्र फाइनल खेलेको छ । टोली २०१४ को फाइनलमा टोली केकेआरसँग पराजित भएको थियो। गत सिजन १४ खेलमध्ये ७ जितेर टोली छैटौँमा थियो।

उता डेभिड वार्नरले पहिलो पटक दिल्लीको कप्तानी गर्नेछन् । उनले आफ्नो कप्तानीमा हैदरबादलाई २०१६ मा च्याम्पियन बनाएका थिए। अर्कोतर्फ दिल्लीको टोलीले एकपटक पनि आईपीएलको उपाधि जित्न सकेको छैन । १५ सिजन मध्ये, टोली ६ पटक प्लेअफमा पुग्यो र एक पटक फाइनल खेल्यो। गत सिजन १४ मध्ये ७ खेलमा हार बेहोरेपछि टोलीले ५ नम्बरमा प्रतियोगिता समाप्त गरेको थियो । लखनऊ सुपरजायन्ट्सको मनोबल सिजनको पहिलो खेलमा नै उच्च हुनेछ। टोली आफ्नो डेब्यू सिजनमै प्लेअफमा पुग्यो, १४ खेलमध्ये ९ जितेर शीर्ष ४ मा रहन सफल भएको थियो । यसपटक निकोलस पूरनको आगमनसँगै टोली थप बलियो बनेको छ । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>