अन्तर्राष्ट्रिय

लामखुट्टे भगाउने ‘उपाय’ अपनाउँदा भारतमा एकै परिवारका ६ जनाको मृत्यु, दुईको अवस्था गम्भीर

Banner

दिल्ली, चैत १७-

दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई उद्धृत गर्दै कार्बन मोनोअक्साइड ग्यासका कारण उनीहरूको मृत्यु भएको जनाएको छ । मानिसहरू घरमा सुतिरहेका बेला लामखुट्टे भगाउनका लागि रात भरी रिपेलेन्ट बालिरहेका थिए ।

घरमा कार्बन मोनोअक्साइड ग्यास हुनुको कारण यसैलाई बताइएको छ । अतिरिक्त डीसीपी सन्ध्या स्वामीले शास्त्री पार्कमा सञ्चारमाध्यमसँग भने, ‘ग्राउन्ड फ्लोरमा लामखुट्टे भगाउन धूप बलिरहेको थियो जसका कारण आगलागी भएको थियो ।’

‘मानिसहरूलाई बाहिर निकाल्दा ६ जनाको सास चलिरहेको थियो तर जब अस्पताल लगियो उनीहरूको मृत्यु भयो । दुई जनाको अवस्था गम्भीर छ ।’ एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>