अन्तर्राष्ट्रिय

राम नवमीमा मन्दिर जाँदा इनारमा खसेर मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो

Banner

भारत, चैत १७

मध्य प्रदेशको इन्दौरमा राम नवमीमा भएको दुर्घटनामा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ । बिहीबार इनारबाट १४ जनाको शव निकालिएको थियो । बिहीबार राती र शुक्रवार बिहानसम्म २० थप मानिसको शव निकालिएको छ ।

सुनिल सोलंकी नामका एक व्यक्तिको खोजी जारी छ । उद्धार कार्य जारी छ । यसका लागि १४० उद्धारकर्मी जुटेका छन् । सेना पनि घटनास्थलमा छन् ।

बिहीबार अबेर रातीसम्म इनारबाट १८ जनाको उद्धारसमेत गरिएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

इनारलाई छोप्न बनाइएको स्ल्याब भत्किएपछि मानिस त्यसभित्र खसेका हुन् । त्यहाँबाट मानिसको उद्धार गर्न पहिला पानी निकाल्नुपर्छ तर त्यसको केही घण्टाभित्रै त्यहाँ पुनः पानी भरिन थाल्छ ।


प्रत्यक्षदर्शीका अनुसार दुर्घटना यति छिटो भयो कि सम्हालिने मौकासमेत पाइएन ।

कहाँ, कहिले भयो दुर्घटना ?

राम नवमीको अवसरमा इन्दौरको बेलेश्वर महादेव मन्दिरमा एउटा इनारको छत भत्किएको थियो । राम नवमीका कारण मन्दिरमा अत्यधिक भीड थियो ।

जुन इनारलाई सिमेन्टको स्ल्याबले ढाकिएको थियो त्यहाँ हवन कुण्ड बनाइएको थियो । दुर्घटनाका बेला यसै स्ल्याबमा बनेको हवन कुण्ड नजिकै मानिसहरू बसेका थिए ।

मानिसको चापका कारण स्ल्याब भत्कियो । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>