समाचार

आज चैत १७ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल

Banner

चितवन,चैत १७-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ, संयम रहनु उचित होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले रोकिएका कामहरू अगाडि बढ्नेछन् । विश्वास गरेकाले साथ दिनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज परीक्षा र शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्मकर्म तथा सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन पनि प्राप्ति होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन खिन्न हुने स्थिति आउनेछ । मालसामान हराउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर वैदेशिक क्षेत्रको काम बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमिबाट लाभ रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहले कार्यमा सफलता मिल्नेछ । मनमा उत्साह पनि छाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन पनि खर्च हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ सवारी साधन प्राप्तिको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतियोगितात्मक क्रियाकलापमा विजय पनि प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । शुभ कार्यमा मन पनि जानेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>