काठमाडौँ

बूढानीलकण्ठ स्कुलद्वारा छात्रवृत्तिको लागि दरखास्त आव्हान

Banner

काठमाडौँ, चैत १६–

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको बूढानीलकण्ठ स्कुलले काठमाडौँ तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरूमा कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहनदार बालबालिकाको लागि छात्रवृत्तिका लागि दरखास्त आव्हान गरेको छ ।

वि.सं. २०६९–०१–०१ गतेदेखि २०७०–१२–३० गतेसम्म जन्म भई कम्तीमा कक्षा ३ र कक्षा ४ मा सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०७९ मा कक्षा ४ अध्ययन पूरा गरेका छात्र–छात्रामध्ये विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुने गरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यताका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिने सूचनामा उल्लेख छ ।

दरखास्त फारम आगामी चैत २७ गते सोमबार, दिउँसो १ः०० देखि ४ः०० बजेसम्म तथा २८ गते मंगलबार बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म बुझाउन सकिने स्कुलले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>