मौसम

नेपालमा पानी पार्ने प्रणाली भित्रिँदै

Banner

काठमाडौं, चैत १६–

आज रातिदेखि नेपालमा पानी पार्ने प्रणाली भित्रिने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज राति पश्चिमी वायु भित्रिने भएको हो। जसले मौसम बदली र वर्षाको सम्भावना बढाउँछ।

‘आज राति सिस्टम (पानी पार्ने प्रणाली) भित्रिँदै छ’, मौसमविद् मानन्धरले भनिन्, ‘त्यसैले भोलि र पर्सि देशभर बदली तथा वर्षा हुने सम्भावना छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भेगमा आंशिक (आकाशमा थोरै बादल) देखि सामान्य बदली (आकाशमा बढीजसो बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। यस क्रममा देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित बाँकी प्रदेशका पहाडी भेगमा सामान्य बदली रही अन्य स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>