अन्तर्राष्ट्रिय

आर्थिक सङ्कट सामना गरिरहेको पाकिस्तानलाई चीनको २ अर्ब डलर सहयोग

Banner

चैत्र ११

चरम मूल्य वृद्धिसँगै वैदेशिक मुद्रा संचिति घटेपछि पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदै गएको छ । चीनले पाकिस्तानको सङ्कट समाधान गर्नका लागि १ वर्षका लागि २ अर्ब डलर सहयोग गरेको हो ।

टाईम्स अफ इन्डियाका अनुसार ऋण नभनिएको सोही रकम पाकिस्तानको केन्द्रीय बैकमा जम्मा गरिएको र सो सहयोगले पाकिस्तानको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।

यसै गरी, पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले समेत सहयोग गर्ने तयारी गरे पनि राजनीतिक अस्थिरताका कारण रोकिन पुगेको छ ।

अर्थतन्त्र सङ्कटबाट गुज्रिरहेको पाकिस्तानमा राजनीतिक अस्थिरता समेत उत्पन्न भएपछि आईएमएफको ऋण आउन ढिलाइ भएको छ। एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>