अन्तर्राष्ट्रिय
मार्क जुकरवर्ग र प्रिसिला च्यान बने तेस्रो सन्तानको बाबुआमा
०

काठमाडौं, चैत १०-
फेसबुकका संस्थापक मार्क जुकरवर्ग र प्रिसिला च्यान तेस्रो सन्तानको बाबुआमा बनेका छन्। मार्क र प्रिसिला च्यानले शुक्रबार फेसबुक पोस्ट मार्फत यसबारे जानकारी दिएका हुन्।
यसअघि उनीहरूका दुई छोरी म्याक्सिम र अगस्ट छन्। तेस्रोपटक पनि उनीहरू छोरीकै आमाबाबु बनेका हुन्। उनीहरूले छोरीको नाम ‘अरेलिया’ राखेको बताएका छन्।
मार्कले आफ्नो फेसबुकमा प्रिसिला र छोरीको फोटो सेयर गरेका छन्। उनले लेखेका छन्, ‘अरेलिया च्यान जुकरवर्ग, यो संसारमा स्वागत छ।’ मार्क र प्रिसिलाकी पहिलो सन्तान म्याक्सिम सन् २०१५ डिसेम्बरमा जन्मिएकी हुन्।
यसको दुई वर्षपछि सन् २०१७ को अगस्ट महिनामा उनीहरूकी दोस्रो सन्तान अगस्ट जन्मिएकी हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>