क्रिकेट

एसीसी प्रिमियर कपः ओमानसहित नेपाल समूह ‘ए’ मा, टियु र मुलपानीमा खेल हुने

Banner

काठमाडौँ, चैत ९–

एशियन क्रिकेट काउन्सीलको आयोजनामा वैशाख ५ गतेदेखि काठमाडौँमा हुन लागेको एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । एसीसीले एशोसियट राष्ट्रका कुल १० टिमलाई २ समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।

उपाधिको दाबेदार घरेलु टोली नेपाल समूह ‘ए’ मा परेको छ । नेपाल रहेको समूहमा बलियो प्रतिद्धन्द्धी ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् । यस्तै समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराईन रहेका छन् । साउदी अरेबिया र बहराईन एसीसी मेन्स च्यालेन्जर कपको विजेता र उपविजेताको रुपमा यस प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । यस प्रतियोगिताको विजेताले एकदिवसीय एसिया कपमा सहभागिता जनाउन पाउने छ । विजेता टोली भारत र पाकिस्तान रहेको समूहमा पर्नेछ ।

एसीसी प्रिमियर कप टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । नेपालले पहिलो खेलमा वैशाख ५ गते टियु क्रिकेट मैदानमा मलेसियासंग भिड्ने छ । यस समूहबाट नेपाल र ओमान सेमीफाइनल प्रवेश गर्ने बलियो संभावना छ । यी दुवै टोली एकदिवसीय मान्यता प्राप्त राष्ट्र हुन् । यी दुई बीचको खेलले एकदिवसीयको मान्यता पाउने छ भने बाँकी टिमसंगको खेल लिष्ट ‘ए’ खेलको मान्यता पाउने छ । प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमै हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>