शिक्षा

हामी नयाँ शैक्षिक सत्रका सबै पुस्तक चैत १५ गतेभित्र प्रकाशन गरेर सक्छौँ: जनक शिक्षा

Banner

काठमाडौं, चैत ९-

आगामी १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रको लागि सरकारले यस वर्ष विद्यालय तहका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पुर्‍याउन सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र तथा निजी प्रकाशकलाई पुस्तक छाप्ने जिम्मा दिएको छ । सरकारले जनकलाई ६ देखि १० कक्षासम्मको र निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको पुस्तक छाप्ने जिम्मा दिएको हो । जसमा जनकले ६ देखि १० कक्षासम्मका एक करोड ५० लाख र निजीले कक्षा १ देखि ५ सम्मका एक करोड २० लाख थान पुस्तक छप्ने जिम्मा पाएका हुन् ।

नयाँ शैक्षिक सत्रको लागि चैत १५ गतेभित्र पुस्तक प्रकाशन गरेर सकिने जनकले जनाएको छ । अब करिब दश प्रतिशत मात्र पुस्तक छाप्न बाँकी रहेकाले एक हप्ताभित्र छपाइ सकिने जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । बाहिरी जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक छापिएको र छापिसकेका पुस्तकहरु शाखा कार्यालयमा पठाउने क्रम पनि जारी रहेको उनले बताए ।

निर्देशक झाले भने, ‘हामीले प्राथमिकताका आधारमा शाखामा पुस्तक पठाइरहेका छौं । उपत्यका नजिकैका केही जिल्ला र उपत्यकालाई १५ दिन भित्र छपाइ सकेर उपलब्ध गराउँछौं । चैत १५ देखि हामी बिक्री शुरु गर्छौं ।’

सरकारको योजना अनुसार नयाँ शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीको हात–हातमा पुस्तक पुग्ने उनले जिकिर गरे । केन्द्रका ९ वटा शाखा कार्यालयहरुमा पुस्तक पु¥याइसकेको झाले जानकारी दिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>