माैसम
आज रातिको मौसमः बागमती सहित तीन प्रदेशमा पानी पर्ने सम्भावना
०

काठमाडौँ, चैत ७-
मंगलबार राति तीन प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार राति बागमती, मधेस र कोशी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गरहावा-हुरीरअसिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>