क्रिकेट

नेपाली खेलाडीलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ: मोन्टी देसाइ

Banner

काठमाडौं, चैत ७-

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले नेपाली टिमलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्ने बताएका छन् ।

नेपालको प्रशिक्षक बनेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा १२ मध्ये ११ खेल जिताएर नेपाललाई विश्वकप क्वालिफायरमा छनोट गराएपछि देसाइले नेपाललाई भारतमा खेलाउने धारणा व्यक्त गरेका हुन् ।

देसाइले यसबारे बीसीसीआईका सचिव तथा एसीसीका अध्यक्ष जय शाहलाई भनेको समेत बताएका छन् । उनले नेपालसँगै खेल्न सुरु गरेको अफगानिस्तानसहित सबै छिमेकी राष्ट्र टेस्ट मान्यता प्राप्त गरिसकेको बताउँदै उनले भनेका छन्, ‘मैले आईसीसी र जय भाइलाई यसबारे भनेको छु । जब स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीले इंग्ल्यान्डमा खेल्छन्, हाम्रो टोलीलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ ।

उनले भारत र रणजी ट्रफी खेल्न पाए नेपाल चार वर्षमा टेष्ट खेल्ने राष्ट्र हुने उनको दाबी छ । भारतको पहिलो श्रेणीको क्रिकेट प्रतियोगिता रणजी ट्रफीमा ३८ टोलीले प्रतिस्पर्धा गर्छन् । यहफ गरेको प्रदर्शनका आधारमा भारतको टेष्ट टोलीमा मान्यता बनाउनेछन् ।यस्तै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले ठूला टोलीलाई आमन्त्रण गर्न गाह्रो हुने बताउँदै आईसीसी र एसीसीलाई पत्र लेखेको बताएका छन् ।

‘हामी ठूला टोलीहरूलाई आमन्त्रित गर्न सक्दैनौं । मैले मद्दतको लागि आईसीसी र एसीसीलाई पत्र लेखेको छु । उनीहरूले हामीलाई फन्डिङ र कोचिङको ज्ञानमा मद्दत गर्नुपर्छ,’ उनले भनेका छन् । चन्दले बीसीसीआईसँग मद्दत मागेको क्रिकबजसँगको कुराकानीमा खुलाएका छन् । पछिल्लो समय नेपालले सफलता हात पारेपछि अहिले सरकार लगायत सबै पक्ष पूर्वाधार बनाउनका लागि दबाबमा रहेका चन्दले बताएका छन् ।

उनले अघि भनेका छन्, ‘हामी सबै डेलिभर गर्न दबाबमा छौं र हामीले पहिले नै महसुस गरिरहेका छौं । सरकारलाई पनि रंगशाला बनाउन दबाब छ । हामीसँग ठोस पूर्वाधार छैन । हामीसँग आईसीसी मापदण्डको एक मात्र एकदिवसीय मैदान छ ।’ एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>