समाचार

बाम घटकलाई एकै ठाउँमा ल्याउन सङ्गीत अभियान सुरु

Banner

कैलाली, चैत ४-

मुलुकमा रहेका बाम घटकहरूलाई एकै ठाउँमा ल्याउन सङ्गीत अभियान सुरु गरिएको छ । आज धनगढीबाट मेची महाकाली सङ्गीत अभियात्रा सुरु गरिएको हो ।

आज पहिलो दिन आयोजित कार्यक्रममा एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, बिप्लप, जनमोर्चा, मसाल लगायत कम्युनिस्ट धारका जनवादी गायकहरूले प्रस्तुति दिएका थिए ।

यहाँ जीवन शर्मा, उदय श्रेष्ठ, कुस्मिता दर्लामी, महित श्रेष्ठ, नीलिमा पुन, कविता पुन अनु शर्मा, उदय रिजाल लगायतले प्रस्तुति दिए । उनीहरुले सङ्गीतको माध्यमबाट सबै बाम घटकहरू एकै ठाउँमा उभिन अपिल गरे ।

कार्यक्रमा शब्द सङ्कलक तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापा पनि उपस्थित थिए । उनले मुलुकको व्यवस्था बदलिय पनि अवस्था फेरिन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । आज धनगढीबाट सुरु भएको अभियान सबै सबै प्रदेशमा गरेर काठमाडौँमा सबै नेताहरूको उपस्थितिमा सम्पन्न गर्ने बताइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>